आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:२९ |सिड्नीको समय: २३:२९ |काठमाडौंको समय: १९:१४

उच्चस्तरीय छानविन समिति गठन गर्न सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु

एएनजेड खबरअगस्ट २३, २०२३

संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी रहेका छन् ।

बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल हुने भनिएको छ। आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। हिजो बसेको बैठकमा ओली अस्वस्थका कारण भन्दै उपस्थित भएका थिएनन ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको बैठक बुधबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

तपाइँको प्रतिक्रिया