आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:१८ |सिड्नीको समय: २३:१८ |काठमाडौंको समय: १९:०३

ललिता निवास प्रकरण- सीआईबीले डा. बाबुराम भट्टराईको घरमै गएर बयान लियो

एएनजेड खबरअगस्ट २१, २०२३

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनको घरमै पुगेर बयान लिएको छ। यसबारे भट्टराई आफैंले जानकारी दिएका हुन्।

पूर्व प्रधानमन्त्री डा. भट्टराईको सचिवालायाका अनुसार टोखास्थित निवासमै बोलाएर डा. भट्टराईले सीआईबी प्रमुख एवम् एआईजी किरण बज्राचार्यलाई ललिता निवास प्रकरणबारे जानकारी गराएका हुन्।

‘ललिता निवास प्रकरणबारे घटना विवरण जानकारी गराउन भट्टराई आफैले सीआईबीमा आफैँ सम्पर्क गरेपछि सीआईबी प्रमुख बज्राचार्य टोखास्थित डा. भट्टराईको निवास पुगेर बयान लिएकी हुन्।

डा भट्टराईले करिब ४५ मिनेट लगाएर आफू प्रधानमन्त्री भएका बेला ललिता निवासबारे तत्कालीन क्याबिनेटबाट भएका नीतिगत निर्णयको विवरण एआईजी बज्राचार्यलाई दिएका छन्।

तपाइँको प्रतिक्रिया