सोमबार, वैशाख ८, २०८२ |Mon Apr, 2025
अक्ल्याण्डको समय: १०:०६ |सिड्नीको समय: ०८:०६ |काठमाडौंको समय: ०३:५१

 ‘मेरो भ्वाइस र डान्स युनिभर्स’को उपाधि भारतका प्रितम राई र थाइल्यान्डकी खुशी कार्कीले बाजी मारे !

एएनजेड खबरअगस्ट २०, २०२३

सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र  ‘मेरो डान्स युनिभर्स’को उपाधि क्रमशः भारतका प्रितम राईले र थाइल्यान्डकी  खुशी कार्कीले जितेका छन्।

 ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप भारतकै  शिशिर ठटाल  र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप बेल्जियमकी देवी गर्बुजा 

 भएका हुन् । त्यस्तै मोरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा नेपालका शरद हुमागाईँ,थर्ड रनरअपमा नेपालकै  परेश राई  भएका हुन् ।फोर्थ रनरअपमा भारतका साईराज खाती रहेका छन्।

त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा भारतका मिग्मा डि लेप्चा, थर्ड रनरअपमा नेपालका स्वस्तिक अर्याल र फोर्थ रनरअपमा नेपालकै नेसन सुस्लीङ मगर भएका छन्।

प्रतियोगिताको शनिवार ग्राण्ड फिनाले भएको थियो। ग्रान्ड फिनालेमा अन्तिम पाँच–पाँच प्रतियोगीहरू  दर्शक तथा श्रोताको मतबाट छानिएका  थिए। 

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार हात पारेका छन्। 

तपाइँको प्रतिक्रिया