आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२९ |सिड्नीको समय: ०१:२९ |काठमाडौंको समय: २१:१४

संसद् खुलाउन राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरअगस्ट २०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌को अवरोध खुलाउने विषयमा आज राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्ने भएका  छन्।

 प्रधानमन्त्रीले राष्ट्रिय दलका शीर्षसहितका नेतासँग छलफल गर्न लागेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले दिउँसो १२ बजेपछि बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जानेको छ। 

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। संसद्को गतिरोध अन्त्य गरेर नियमित प्रक्रियामा लैजान प्रधानमन्त्रीले शुक्रवार सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।

साउन १० यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको लगातार संसद्  बैठक अवरोध गर्दै आएको छ। 

तपाइँको प्रतिक्रिया