आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२५ |सिड्नीको समय: ०१:२५ |काठमाडौंको समय: २१:१०

मुस्ताङको कागबेनीमा बाढीले ३१ घर बगायो !

एएनजेड खबरअगस्ट १४, २०२३

मस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारमा पसेको बाढीले ३१ घर बगाएको छ।

कागखोलामा आइतबार बेलुका आएको बाढीले बजार पूरै जलमग्न भएको बताइएको छ। बाढीपछि स्थानीय बासिन्दालाई नेपाली सेना र अन्य सुरक्षाकर्मीले करिब ५०० मिटरमाथि सुरक्षित क्षेत्रमा सारेका छन्।

हालसम्म यो क्षेत्रमा बाढीले कागबेनी, लोमान्थाङ जाने एउटा पक्की पुल र एउटा काठेपुल बगाएको छ।

वारागुङ्ग मुक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको लेदोसहितको बाढीले हालसम्म मानवीय क्षति नभएको सेनाले जनाएको छ।

बाढीले कागबेनी बस्तीमा ३१ वटा घर तथा होटल बगाएको छ। यस्तै जोमसोम-कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र ३ वटा विद्युतीय पोल बगाएको छ।

जोमसोमस्थित नारायणदल गणबाट बिहानैदेखि ४५ जनाको फौज त्यस क्षेत्रमा खटाइएको छ।

बाढीग्रस्त सबै क्षेत्रमा पुग्न कठिनाई भएका कारण एकिन तथ्यांक संकलन हुनसकेको छैन ।

तपाइँको प्रतिक्रिया