आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२७ |सिड्नीको समय: ०१:२७ |काठमाडौंको समय: २१:१२

कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न साढे १२ बजे बस्दै

एएनजेड खबरअगस्ट १३, २०२३

समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको बैठकलाई कांग्रेसले आज पनि निरन्तरता दिन लागेको हो ।

बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्न लागेको हो ।अघिल्लो बैठकमा १९ जना सांसदहरूले आफ्नो धारणा राखिसकेका छन्।

बैठकमा संसदको गतिरोधको विषयमा गम्भीर छलफल भएको नेताहरुले बताउदै आएका छन्। संसदको गतिरोधको विकल्पमा संसदीय समिति वा उच्चस्तरीय शक्तिशाली आयोगको विषयमा पनि केही सांसदले आफ्नो धारणा राखेका छन् ।

आज बस्ने बैठकमा केही दिन अघि सिआइबिको टोलीले पक्राउ गरी रिहा भएका सांसद सुनिल शर्माको बारेमा छलफल हुने बताइएको छ। सरकारले शर्मालाई प्रतिशोध साँधेर पक्राउ गरेको केही नेताहरुले आरोप लगाउदै आएका छन्।

तपाइँको प्रतिक्रिया