आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२२ |सिड्नीको समय: ०१:२२ |काठमाडौंको समय: २१:०७

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा कांग्रेस सांसद शर्मा पक्राउ !

एएनजेड खबरअगस्ट १०, २०२३

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ। उनलाई सिआइबीको टोलीले उनकै गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा दिनुपर्ने भन्दै चर्को आलोचना गरेका थिए।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्। उनको विरोध पश्चात अर्थमन्त्री महतले उनी अनुकुल निर्णय नगर्दा विरोध गरेको प्रतिक्रिया दिएका थिए।

तपाइँको प्रतिक्रिया