आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२९ |सिड्नीको समय: ०१:२९ |काठमाडौंको समय: २१:१४

कानून मन्त्री धनराज गुरूङ अचानक अस्पताल भर्ना

एएनजेड खबरअगस्ट १०, २०२३

कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ अचानक विरामी परेपछि अस्पताल भर्ना भएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान काम गरिरहेका बेला अचानक स्वास्थ्यमा समस्या भएको हो। मन्त्री गुरूङलाई एक्कासी छात्तीमा असजिलो भएपछि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो।

मन्त्री गुरुङलाई अन्नपूर्ण न्यूरो अस्पतालमा सामान्य चेकजाँच गरेपछि महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ।

मन्त्री गुरूङलाई करिब ११ बजे सेन्टर लगिएको थियो। उनको रक्तचाप र मुटुको धड्कन कम भएको परीक्षणका क्रममा देखिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया