आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:१८ |सिड्नीको समय: ०१:१८ |काठमाडौंको समय: २१:०३

सर्वोच्चले अनुसन्धानको लागी बाटो खोलिदिएपछि माधव नेपाल विदेश यात्रामा

एएनजेड खबरअगस्ट ७, २०२३

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानको लागी सर्वोच्च अदालले अनुमति दिए लगत्तै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहानै युरोप प्रस्थान गरेका छन्।

ललिता निवास जग्गा प्रकरणमा आइतबार सर्वाेच्च अदालतले दिएको आदेशले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. बाबुराम भट्टराईलाई पनि अनुसन्धानका लागि बाटो खोलेपछि त्यसको भोलिपल्ट नेपाल विदेश उडेका हुन्।

विदेश यात्रामा गएपनि सर्वाेच्चको आदेशबारे आफू जानकार रहेकाे अध्यक्ष नेपालले सचिवालय मार्फत जानकारी दिएका छन्।

नेपालको निजी सचिवालयले भनेको छ, ‘हिजो (आइतबार) सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्टाचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ।’

सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विट्जरल्यान्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्वनिर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज बिहान साढे ७ बजे बजे इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका हुन्।

तपाइँको प्रतिक्रिया