आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:१९ |सिड्नीको समय: ०३:१९ |काठमाडौंको समय: २३:०४

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय !

एएनजेड खबरअगस्ट ५, २०२३

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा अदालतले तीन वर्षको जेल सजाय सुनाए पछि पक्राउ गरिएको हो।

अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

इमरानको पार्टी तेहरिक-ए-इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।

‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भनेका छन् ।

पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

तपाइँको प्रतिक्रिया