आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:२४ |सिड्नीको समय: ०३:२४ |काठमाडौंको समय: २३:०९

१०० किलो सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई

एएनजेड खबरअगस्ट ४, २०२३

राजस्व अनुसन्धान विभागले बरामद गरेको १०० किलो सुन प्रकरणको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्वमा हुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धान नेतृत्व सीआईबीलाई दिन लागिएको हो।

बिहीबार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसहितको बैठकले उक्त निर्णय लिएको हो।

हङकङ हुँदै त्रिभुवन विमानस्थल भन्सार छलेर भित्र्याइएको १०० किलो सुन राजस्व अनुसन्धानले बरामद गरेर अनुसन्धान अघि बढाइरहेको अवस्थामा अब त्यसको नेतृत्वको सीआईबीले पाएको हो।

तपाइँको प्रतिक्रिया