मंगलबार, मंसिर ११, २०८१ |Tue Nov, 2024
अक्ल्याण्डको समय: २१:५४ |सिड्नीको समय: १९:५४ |काठमाडौंको समय: १४:३९

क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे सम्बन्धविच्छेद !!

एएनजेड खबरअगस्ट ३, २०२३

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले वैवाहिक सम्बन्धलाई टुंग्याएका छन्।

५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सोफीले १८ बर्ष अघि सन् २००५ मा विवाह गरेका थिए।

‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय गर्‍यौं,’ प्रधानमन्त्री ट्रुडोले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

सोफीले पनि यस्तै स्टाटस आफ्नो इन्स्टाग्राममा राखेकी छन्।

ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए। उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो।

ट्रुडो र सोफीका तीन सन्तान छन्। छुट्टिएपछि सोफी ओटावामा छुट्टै ठाउँ बस्ने छिन् तर छोराछोरीका लागि उनले प्रधानमन्त्रीको सरकारी निवासमा पनि केही समय बिताउने बताइएको छ।

ट्रुडोका लागि यो सम्बन्धविच्छेद इतिहासको पुनरावृत्ति पनि बनेको छ।

सन् १९७७ मा क्यानडाको प्रधानमन्त्री भएका बेला उनका बुवा पिएरे ट्रुडोको पनि पत्नी मार्गेटसँग सम्बन्धविच्छेद भएको थियो।

तपाइँको प्रतिक्रिया