शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:२८ |सिड्नीको समय: ०७:२८ |काठमाडौंको समय: ०३:१३

बलात्कार आरोपमा अष्ट्रेलियामा ४५ वर्षीय चाइल्ड केयर एक्सपर्ट पक्राउ

एएनजेड खबरअगस्ट २, २०२३

अष्ट्रेलियामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना चाइल्ड केयर एक्सपर्ट पक्राउ परेका छन् । अस्ट्रेलियाको प्रहरीले २५ वर्षमा १६२३ यौन अपराध गर्ने अभियुक्तलाई पक्राउ गरेको हो।

पीडित मध्ये ८७ बालबालिका अस्ट्रेलियाली भएको समाचारमा बताइएको छ। ४५ वर्षीय अभियुक्तको नाम भने गोप्य राखिएको छ।

अभियुक्तले ९१ बालिकालाई बलात्कार गरेको विभिन्न संचार माध्यममा बताइएको छ।अष्ट्रेलियाको कानुन अनुसार अभियुक्तविरुद्ध बलात्कारको मुद्दा दायर गरिएकोर २१ अगस्टमा ब्रिस्बेन अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

अभियुक्तको देशमा मात्रै नभएर विदेशीबालबालिकालाई पनि अपराधिक गतिविधि गरेका कारण प्रहरीले उनलाई अनुसन्धानका लागि अन्य देशमा लैजान सक्ने पनि समाचार एजेन्सीहरूले जनाइएका छन् । धेरैजसो पीडित बालबालिका अहिले अष्ट्रेलियाबाट आफ्ना आमाबुवासँग अर्को देशमा सरेकाले सबै बालबालिकाको खोजी गर्न निकै कठिन हुनसक्ने बताइएको छ।

आरोपीबाट हजारौँ चाइल्ड पोर्नोग्राफी भिडियो, फोटो र केही रिल्स भेटिएका छन्। सबै पीडितको उमेर १० वर्षभन्दा कम छ। विभिन्न यौन अपराधमा दर्ता भएका मुद्दा अनुसार यी पूर्व चाइल्ड केयर अफिसरले कुल २४६ पटक बलात्कार गरेका छन्। यस क्रममा ६ सय १३ वटा चाइल्डको पोर्न भिडियो बनाएको खुल्न आएको छ ।

तपाइँको प्रतिक्रिया