आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:४१ |सिड्नीको समय: ०३:४१ |काठमाडौंको समय: २३:२६

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम ‘आर्थिक मामिला तथा योजना मन्त्री’ बन्ने

एएनजेड खबरअगस्ट २, २०२३

कोशी प्रदेशको सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।

उनलाई उद्धव थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बुझिएको छ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गौतमलाई पार्टीले सरकारमा पठाउने तयारी गरेको पनि जानकारी दिएका छन् ।

सरकार गठनका लागि सभामुखको पदबाट गौतमलाई राजीनामा गराएर बहुमत जुटाएपछि हिजो नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नेछन् ।

तपाइँको प्रतिक्रिया