शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५३ |सिड्नीको समय: ०७:५३ |काठमाडौंको समय: ०३:३८

मण्डला नाटक घरमा ‘युद्धका घाउहरू’ नाटक प्रदर्शन

एएनजेड खबरअगस्ट २, २०२३

काठमाडौंको मण्डला नाटक घरमा ‘युद्धका घाउहरू २.०’ नाटक मञ्चन सुरू भएको छ।

नेपालामा १० वर्षसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा सर्वसाधारण मानिसहरूमाथि भएका विभिन्न ज्याजति, हिंसाको कहालीलाग्दो घटनालाई समेटेर नाटक ‘युद्धका घाउहरू २.०’ लाई प्रदर्शन गरिएको हो।

परिवर्तनको नाममा देशलाई सु-सम्पन्न बनाउने उद्देस्य छायाँमा परेको र समृद्ध नेपालको परिकल्पनामा ओझेलमा परेका ती कयौं घाउहरू समाजमा अझैसम्म ताजै रहेको कुरा नाटकले देखाउन खोजेको छ।

सामाजिक रुपान्तरण तथा शान्ति निर्माणका लागि रंगमञ्च भन्ने शीर्षकमा मण्डला थिएटरबाट सञ्चालित मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीहरूले नाटक ‘युद्धका घाउहरू २.०’ लाई तयार पारेको हो।

अन्जान प्रदीपले लेखन तथा निर्देशन गरेको यो नाटकमा आदित्य मिश्रा, आकाश नेपाली, अनिल कुर्मी, निरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत, सुमित्र पहिम, सुस्मिता पोख्रेललगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

यस नाटकलाई २४ जुलाई २०२३ मा एकाडेमिक थेस्पियन्स् थिएटर फेस्टिभल कोलम्बोमा समेत मञ्चन गरिएको थियो।

तपाइँको प्रतिक्रिया