आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३० |सिड्नीको समय: ०३:३० |काठमाडौंको समय: २३:१५

निर्माण व्यवसायीहरुले गरे बालुवाटारमा डोजर तेर्स्याएर प्रदर्शन

एएनजेड खबरअगस्ट १, २०२३

निर्माण व्यवसायीहरुले डोजर तेर्स्याएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज निर्माण व्यवसायीहरुले विरोध प्रदर्शन गर्दै निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने माग अघि सारेका छन्।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।

व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

तपाइँको प्रतिक्रिया