आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३० |सिड्नीको समय: ०३:३० |काठमाडौंको समय: २३:१५

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता !

एएनजेड खबरजुलाइ ३१, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदको अवरोध हटाउने विषयमा छलफल भएको बुझिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटको मुख्य एजेण्डा संसदमा जारी अवरोध हटाउने रहेको बताए । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदमा अवरोध गरेको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने माग राख्दै एमालेले संसद बैठक अवरुद्द गर्दै आएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा पनि दुई नेताबीच छलफल भएको स्रोतले बतायो । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदैछन् ।

तपाइँको प्रतिक्रिया