आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३४ |सिड्नीको समय: ०३:३४ |काठमाडौंको समय: २३:१९

कोशी प्रदेश सरकार गठनबारे सर्वोच्चले गर्‍यो फैसलाको तयारी !!

एएनजेड खबरजुलाइ २७, २०२३

सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा आजै फैसलाको निर्णय सुनाउने तयारी गरेको छ। 

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधवार बहस सकिए पनि आजलाई हेर्दाहेर्दैको पेशी तोकिएको थियो।

उक्त इजलासले आज खाजा समयपछि आदेश सुनाउने तयारी गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको विरुद्ध एमाले सर्वोच्च पुगेको हो।

कार्कीले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसार थापाको नियुक्ति अवैध भएको दाबी गर्दै नियुक्ति खारेज गर्न र धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन्।

तपाइँको प्रतिक्रिया