आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३९ |सिड्नीको समय: ०३:३९ |काठमाडौंको समय: २३:२४

आज एमालेले संसद् अवरुद्ध गर्ने – गृहमन्त्रीको राजीनामा मुख्य माग  !!

एएनजेड खबरजुलाइ २६, २०२३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक अवरोध गर्ने तयारी गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको काम कारबाहीलाई लिएर एमालेले संसद् बैठक अवरुद्ध गर्न लागेको हो। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ। 

एमालेले  यसैको तयारीका लागि १२ बजे संसदीय दलको बैठक बोलाएको छ। एमालेले संसदीय दलको बैठक बसेर योजनाबद्ध तरीकाले  गृहमन्त्री श्रेष्ठको राजीनामासहित संसद् अवरुद्ध गर्ने तयारी गरेको हो।

एमालेले १०० किलो सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको कमजोरी रहेको ठहर गरेको छ।  एमाले अध्यक्ष केपी ओलीले कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको आलोचना गरेका थिए। सुन काण्डमा गृहमन्त्रीको संलग्नता रहेको आशयको अभिव्यक्ति दिँदै एमालेले त्यत्तिकै नछाड्ने चेतावनी दिएका थिए।

तपाइँको प्रतिक्रिया