आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:२४ |सिड्नीको समय: ०३:२४ |काठमाडौंको समय: २३:०९

देउवाले बोलाए धुम्बाराहीस्थित आफ्नै निवासमा कांग्रेस पदाधिकारी बैठक 

एएनजेड खबरजुलाइ २५, २०२३

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा पार्टी  पदाधिकारीको बैठक बोलाएका छन्। झन्डै एक हप्ता लामो केन्द्रीय समिति बैठक पछि समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो। 

केन्द्रीय समिति बैठकमा घरमै बैठक चालेको आरोप लागेपनि सभापति देउवाले अपराह्न ४ बजे धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्। 

पदाधिकारी बैठकको एजेन्डामा समसामयिक राजनीति, गत मङ्गलवारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका विषयहरू रहेको बताइएको छ। 

यसअघि केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले सभापति देउवाले पार्टीलाई सानेपामा भन्दा धुम्बाराहीमा केन्द्रित गरेको भन्दै आलोचना गरेका थिए।

नेताहरूको आलोचनाबीच पनि सभापति देउवाले फेरि पदाधिकारी बैठक आफ्नै निवासमा बोलाएका हुन्। 

तपाइँको प्रतिक्रिया