शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:११ |सिड्नीको समय: ०८:११ |काठमाडौंको समय: ०३:५६

सन्दीप क्षेत्रीको ‘ह्वाट् द फ्लप’ शो बन्द 

एएनजेड खबरजुलाइ २०, २०२३

कलाकार सन्दीप क्षेत्रीले कान्तिपुर टेलिभिजनमा सञ्चालन गर्दै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द भएको छ। 

गत असार २३ गते कार्यक्रम प्रस्तोता क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पल शाहलाई बोलाएर अन्तर्वार्ता लिएपछि उक्त कार्यक्रम विवादमा परेको थियो। सोही कारण चौतर्फी विरोध भएपछि बन्द गरिएको हो। 

कार्यक्रममा शाहले जेल अनुभव सुनाउँदा यौनजन्य हिंसापीडितहरूको भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। कान्तिपुर टेलिभिजनले त्यस दिनको कार्यक्रम युट्युबबाट पनि हटाएको थियो।

बिहीबार कान्तिपुर टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराएको छ।

‘गत असार २३, शनिवार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौँ । महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौँ । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौँ,’ कान्तिपुर टेलिभिजनले फेसबुक पेजमार्फत जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया