सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२६ |सिड्नीको समय: ०५:२६ |काठमाडौंको समय: ०१:११

सुन-काण्डको भित्री रहस्य: अहिलेसम्म ६ जना समातिए, थप कनेक्सन खोज्दै प्रहरी 

एएनजेड खबरजुलाइ २०, २०२३

झन्डै सय किलो सुन बरामद प्रकरणमा हालसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन्।

 प्रहरीले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।। सुनसँगै प्रहरीले तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप ४ जना पक्राउ गरिएको हो। 

विमानस्थल भन्सार कार्यालय अगाडिबाट बा.२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । तस्करीमा ठुलै गिरोहको संलग्नता हुनसक्ने प्रहरीको भनाइ छ।  दिउँसो करिब २ बजे नै सुनलाई भन्सार पास गराइएको थियो । भन्सार पास भएको करिब ३घण्टा पछि मात्रै सुन समातिएको हो। 

अवैध तरिकाले भित्राइएको लगभग १०० किलो सुन त्रिभुवन विमानस्थलबाट बरामद भएको थियो  राजश्व अनुसन्धान कार्यालयले विमानस्थलबाट चेकजाँच पार गरिसकेको सुन शङ्का लागेपछि बरामद गरेको हो।

उक्त सुन प्रारम्भिक अनुसन्धानले  व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ। सुन हङकङबाट क्याफे प्यासिफिकको विमानबाट नेपाल आएको थियो। 

 ८० देखि १०० किलोसम्म रहेको सुन मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको थियो। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।

तपाइँको प्रतिक्रिया