सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:१३ |सिड्नीको समय: ०५:१३ |काठमाडौंको समय: ००:५८

प्रधानमन्त्री प्रचण्ड साउन ६ गते इटाली जाँदै 

एएनजेड खबरजुलाइ १९, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली भ्रमणमा जाने भएका छन्। आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको इटली भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री प्रचण्ड साउन ६ गते साँझ ६ बजे इटली प्रस्थान गर्न लागेको सचिवालयले जानकारी दिएको छ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन्।

प्रधानमन्त्री प्रचण्डसँगै कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल पनि इटली भ्रमणमा जाने छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया