सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:१६ |सिड्नीको समय: ०५:१६ |काठमाडौंको समय: ०१:०१

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ११ महिना पछि आज बस्दै, प्रत्यक्ष प्रसारण गरिने

एएनजेड खबरजुलाइ १८, २०२३

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ।  ११ महिनापछि आज बस्न लागेको हो। 

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने तय भएको छ।  केन्द्रीय कार्यसमितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।   

शर्माका अनुसार हिजो सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही) मा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले आज सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकका लागि १० वटा एजेन्डा तयार पारेको छ।  

ती १० एजेन्डाहरू – 

१. समसामयिक विषय (आर्थिक, परराष्ट्र)

२. साङ्गठनिक कार्य योजना र कार्य तालिका 

३. केस बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव 

४. निर्वाचन परिचालन समितिको प्रतिवेदन 

५. नीति अधिवेशन सम्बन्धमा 

६. विभागहरू गठन, थप र कामको व्याख्या

७. राष्ट्रव्यापी अभियानको घोषणा 

८. अनुशासन समितिको प्रतिवेदन पेस 

९. संसद्‍मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन 

१०. सरकारको गतिविधिबारे जानकारी 

तर नक्कली शरणार्थी प्रकरणमा जेल गएका  नेता बालकृष्ण खाँणबारे के गर्ने भन्ने टुङ्गो गरिएको छैन।उनलाई निलम्बन गर्ने/नगर्नेमा काँग्रेस अझै अनिर्णीत रहेको छ।

यसअघि महामन्त्री द्वय गगन थापा र शर्मालगायतले खाँणलाई गम्भीर फौजदारी अभियोग लागेकाले निलम्बन गर्नुपर्ने माग गरेका थिए। तर सभापति देउवानिकट खाँण निलम्बनको विषयले यो कार्यसमिति बैठकमा प्रवेश पाउने कुराको अझै टुङ्गो लागेको छैन। 

पदाधिकारी बैठकमा भएको छलफलअनुसार केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण गरिने बताइएको छ। 

तपाइँको प्रतिक्रिया