सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२० |सिड्नीको समय: ०५:२० |काठमाडौंको समय: ०१:०५

रास्वपामा रवि र स्वर्णिम गुटबीच मध्यरातमा हानाहान 

एएनजेड खबरजुलाइ १६, २०२३

रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका दुईगुटबीच हानाहान भएको छ। सभापति रवि लामिछाने र सांसद डा. स्वर्णिम वाग्लेबीच शक्तिको लडाइँ सुरु भएपछि जिल्ला तहमा नेता कार्यकर्ता हानाहानमा उत्रिएका हुन्। 

रविको पार्टीमा पुराना पार्टीको भन्दा अस्वस्थ टकराब देखिन थालेको छ। पुराना दलको विकल्पका रूपमा उभ्याएर आगामी निर्वाचनमा बहुमत जुटाउने दाबी गरिरहेको रास्वपा आन्तरिक कलहका कारण  फुटको सङ्घारमा रहेको हो।   

 गत बुधवार राती पार्टीको सैनामैना नगर समितिको कार्यालयमै दुई पक्षीय कार्यकर्ताको कुटाकुट भएको थियो। रास्वपाको आगामी मङ्सिरमा हुन लागेको अधिवेशनमा नेतृत्वलाई लिएर विवादहुँदा मध्यरातमा झडप भएको हो। 

पार्टी स्थापनाको सुरुवातीदेखि पार्टीमा आबद्ध कार्यकर्ताको सदस्यता खारेजी गरेको भन्दै विवाद सुरु भएको थियो।  उक्त विवाद उत्कर्षमा पुगेपछि हानाहान भएको बताइएको छ। 

आफूहरूलाई लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही २ का क्षेत्रीय सदस्य विक्रम तिवारीसहितले पार्टी कार्यालयमै बोलाएर कुटपिट गरेको सैनामैना र्यापिड एक्सन टिम संयोजक दामोदर खत्रीले आरोप लगाएका छन्। 

यता रास्वपा जिल्ला संयोजक ज्ञवालीले भने कुटपिटको आरोप लगाउने खत्री पार्टीमै नरहेको र पार्टी कार्यालयमा आएर हुलदङ्गा गरेपछि प्रहरीलाई खबर गरेको बताए। 

रास्वपाका केही नेताहरूले उजुरी लिएर आएकोले यसबारे आज छलफल हुने प्रहरीले बताएको छ। 

तपाइँको प्रतिक्रिया