सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:३४ |सिड्नीको समय: ०५:३४ |काठमाडौंको समय: ०१:१९

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

एएनजेड खबरजुलाइ १६, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्  । 

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेका हुन्।  

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट १ साउन अर्थात सोमबारदेखि कार्यान्वयन हुनेछ ।

तपाइँको प्रतिक्रिया