सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२० |सिड्नीको समय: ०५:२० |काठमाडौंको समय: ०१:०५

एमसिसी परियोजना विना व्यवधान कार्यान्वयन हुनुपर्ने एमाले सचिवालयको निर्णय  

एएनजेड खबरजुलाइ १६, २०२३

नेकपा एमालेले एमसिसी परियोजना समय-सीमाभित्रै कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ। शनिवार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको  उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्। 

अस्ति शुक्रवार नेपाल आएका अमेरिकी विदेश मन्त्री डोनाल्ड लुसँग अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए। उक्त भेटवार्ता पछि हिजो बसेको सचिवालय बैठकले अमेरिका र नेपालका द्विपक्षीय सम्बन्धको विविध पक्षमा छलफल गर्दै एमसिसी परियोजना विना वाधा अड्चन कार्यान्वयन हुनु पर्ने निष्कर्ष निकालेको हो। 

नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग मुलुकको समसामयिक विषयमा कुराकानी गर्दै । तस्बिर÷मनोज दाहाल/रासस

उपमहासचिव ज्ञवालीले ‘एमसिसी परियोजना पारित भइसकेको परिपेक्ष्यमा विना व्यवधान समय-सीमाभित्रै कार्यान्वयन हुनुपर्छ भन्ने हामी ठान्छौ। तीनै विषयमा छलफल भएको छ,’ उनले भने, ‘नेपाल अमेरिका द्विपक्षीय सम्बन्धको बारेमा विविध पक्षमा पनि भेटघाटमा पनि छलफल भएको छ।’

साथै, अमेरिका बाहेक अन्य मुलुकहरूबाट प्राप्त हुने सहायतालाई व्यवस्थित ढङ्गबाट कार्यान्वयन गर्नुपर्ने एमालेको भनाई रहेको उनले बताए। 

तपाइँको प्रतिक्रिया