सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२७ |सिड्नीको समय: ०७:२७ |काठमाडौंको समय: ०३:१२

एमाले अध्यक्ष केपी ओली कम्बोडिया जाँदै 

एएनजेड खबरजुलाइ १६, २०२३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने भएका छन्। उनी साउन २ मा कम्बोडिया जाने कार्यक्रम तय भएको हो। 

शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई  अध्यक्ष ओलीको भ्रमणबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराएका हुन्। 

ओली  साउन ६ गतेसम्मका कम्बोडिया भ्रमणमै रहने छन्। अध्यक्ष ओलीले कम्बोडियाको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ। 

तपाइँको प्रतिक्रिया