सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२५ |सिड्नीको समय: ०७:२५ |काठमाडौंको समय: ०३:१०

ठमेलको नाइट क्लब सञ्चालक कुट्ने गुण्डाहरुलाई प्रहरीले समात्यो !

एएनजेड खबरजुलाइ १५, २०२३

ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने गुण्डाहरुलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटका गुण्डा सानु भाइ भन्ने युवराज गुरुङ सहित पाँच जनाको समूहलाई नै पक्राउ गरिएको हो। 

हिजो शुक्रवार सानोभाइ भनिने युवराज गुरुङसहित पाँच जनालाई पोखराबाट पिछा गर्दै पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

पक्राउ पर्ने अन्यमा टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या- ५ का कमल तामाङ छन्।

 गत असार १५ गते गुरुङको समूहले सञ्चालकलाई लखेटी लखेटी कुटेको भिडिओ सार्वजनिक भएको थियो। 

तपाइँको प्रतिक्रिया