सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२४ |सिड्नीको समय: ०७:२४ |काठमाडौंको समय: ०३:०९

बुद्ध एयरको जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइयो  !!

एएनजेड खबरजुलाइ १४, २०२३

 झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराइएको छ ।

काठमाडौँबाट उडेको केही समयमै जहाजको इण्डिकेसनको समस्या देखिएपछि काठमाडौँ मै फिर्ता गरिएको त्रिभुवन विमानस्थलले जनाएको हो।

उक्त जहाजलाई  सवा २ बजे काठमाडौँमा अवतरण गराएर अर्को जहाजबाट यात्रुलाई झापा पठाउने तयारी गरिएको छ। समस्या देखिएपछि   जहाजलाई ग्राउण्डेड गरिएको छ ।

तपाइँको प्रतिक्रिया