सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२१ |सिड्नीको समय: ०७:२१ |काठमाडौंको समय: ०३:०६

धार्मिक विधिअनुसार दाहसंस्कार गरिए पनि सीता दाहालको काज-किरिया गरिएन !!

एएनजेड खबरजुलाइ १४, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सदस्यहरूले दिवङ्गत सीता दाहालको निधनमा काज-किरिया नगर्ने र नुन नबार्ने भएका छन्। धार्मिक विधिअनुसार काज किरिया नगर्ने सल्लाह भएको र त्यसैअनुरूप शोक मात्र मनाइएको दाहाल परिवार निकटले बताएका छन् । 

दिवङ्गत सीता दाहालको श्रद्धाञ्जली अर्पण गर्न तथा समवेदना दिन आउने आगन्तुकहरुसँग बालुवाटारमा भेटघाट गर्ने व्यवस्था मिलाइएको छ । बुधवार निधन भएकी प्रधानमन्त्री ‘प्रचण्ड’की पत्नी सीता दाहालको काज किरिया गरिएको छैन भने  यसअघि छोराको निधन हुँदा पनि काज किरिया गरिएको थिएन। 

सीता दाहालको बुधवार दिउँसो पशुपति आर्यघाटमा भने धार्मिक विधिअनुसार नै सीताको दाहसंस्कार गरिएको थियो । उनलाई प्रधानमन्त्री प्रचण्ड र दुई छोरीले दागबत्ती दिएका थिए । ६९ वर्षकी सीताको बुधवार काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको थियो 

तपाइँको प्रतिक्रिया