बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:३० |सिड्नीको समय: ०२:३० |काठमाडौंको समय: २२:१५

महिला फुटबल : नेपाल र बङ्गलादेशले बराबरी खेले 

एएनजेड खबरजुलाइ १४, २०२३

नेपाल र बङ्गलादेशको पहिलो मैत्रीपूर्ण खेलमा बराबरीमा सकिएको छ।  हिजो साँझ ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल र बङ्गलादेशले १–१ गोलको बराबरी खेलेका हुन्। 

खेलको इन्ज्युरी समयमा सावित्राको गोलमा नेपाल हारबाट जोगिएको हो। रश्मी कुमारी घिसिङको फितलो प्रहार डिफेन्डरले क्क्लीयर गर्न खोज्दा सावित्राले पोस्टको गति दिँदै नेपाललाई बराबरीमा ल्याएकी थिइन्। 

त्यसअघि खेलको ६५ औं मिनेटमा बंगालदेशकी कप्तान सविना खातुनले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। सविनाले तोहुरा खातुनको पासमा नेपालका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरिन्। 

दुई देशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। 

तपाइँको प्रतिक्रिया