सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२२ |सिड्नीको समय: ०७:२२ |काठमाडौंको समय: ०३:०७

ललिता निवास जग्गा प्रकरणमा आफूलगायत नाम जोडिएका सबैलाई छानबिन गर्नुपर्छ : माधव नेपाल 

एएनजेड खबरजुलाइ १२, २०२३

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफूलगायत सबैलाई छानबिन गर्नुपर्ने बताएका छन्। उनले  सरकारी जग्गामा अनियमितता गर्नेमाथि छानबिन गरिनुपर्ने माग गरेका हुन्। 

पार्टी कामको सिलसिलामा पाल्पा पुगेका पूर्व प्रधानमन्त्री नेपालले पत्रकार भेटघाट कार्यक्रममा ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखेका हुन्। 

ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने उनको भनाइ छ। उनले आफूलगायत पूर्व प्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्य तथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताएका हुन् ।

‘म प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको थियो । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्छ,’ नेपाले भने। 

भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया