सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३५ |सिड्नीको समय: ०७:३५ |काठमाडौंको समय: ०३:२०

ललिता निवास जग्गा प्रकरण – तत्कालीन महानिर्देशक र उपसचिव समातिए 

एएनजेड खबरजुलाइ १२, २०२३

ललिता निवास जग्गा प्रकरणमा सीआईबीको टोलीले  हिजो साँझ थप २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा  भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ र चिफ डिभिजन इन्जिनियर (उपसचिव) बालकृष्ण श्रेष्ठ रहेका छन्। 

उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो। यो सँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ। 

पक्राउ परेका विरुद्ध किर्ते र सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले यो कसुरमा ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ। 

तपाइँको प्रतिक्रिया