सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२४ |सिड्नीको समय: ०७:२४ |काठमाडौंको समय: ०३:०९

मनाङ एयरको हेलिकोप्टर दुर्घटना-पाँच वटा शव फेला, एक जना बेपत्ता 

एएनजेड खबरजुलाइ ११, २०२३

बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर रुखमा ठोकिएर दुर्घटना भएको अवस्थामा  फेला परेको छ। 

सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका -२ को सिमाना लामाजुरा डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भेटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले  जानकारी दिएका हुन्। 

उद्धारको लागी खटिएको प्रहरी टोलीले घटनास्थलबाट पाँच वटा शव निकालेको छ। तर शवको पहिचान हुन सकेको छैन। एक जनाको शव अझै भेटिएको छैन।

उक्त हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट उडेको  ८ मिनेटमै बेपत्ता भएको हो।

तपाइँको प्रतिक्रिया