सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२० |सिड्नीको समय: ०७:२० |काठमाडौंको समय: ०३:०५

प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण : भावनामा आएर बोलेँ, कमजोरी भयो !!

एएनजेड खबरजुलाइ १०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति प्रति स्पष्टीकरण दिएका छन्। आफूले भावनामा आएर बोलेको भन्दै  आफ्नो कमजोरी भएको स्वीकार गरेका हुन्। 

 प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेको थियो। उक्त विवादलाई सम्बोधन गर्न प्रचण्डले  प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर स्पष्टीकरण  दिएका हुन्। 

हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले क्यान्सर पीडित छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको उनले सुनाए ।

‘यहाँहरू सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’ प्रचण्डले अगाडि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने स्वीकार गरेका उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुगेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । प्रितम सिंहको सदाशयताको निम्ति धन्यवाद दिन पुगे ।’

तपाइँको प्रतिक्रिया