शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०२ |सिड्नीको समय: ०८:०२ |काठमाडौंको समय: ०३:४७

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा डिला खरेलको उम्मेदवारी घोषणा

एएनजेड खबरजुलाइ १०, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदका लागी डिला खरेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हिजो आइतबार न्यु साउथ वेल्समा एक कार्यक्रम गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन्।

सन् २००६ देखि अष्ट्रेलियामा बसोवास गर्दै आएका खरेल अहिले लेखा, वित्त, कर र बिमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको एक कम्पनीको प्रमुख रहेका छन्। 

आगामी  जुलाई २९ तारिखमा हुने एनआरएन अष्ट्रेलिया एनसीसीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका खरेलले आफूसँग एनआरएन अष्ट्रेलियालाई  सञ्चालन गर्न सक्ने स्पष्ट मिसन र भिजन भएको दाबी गरेका छन्। उनी सन् २०१५ देखि २०१७ सम्मको कार्यकालमा एनआरएन अष्ट्रेलियाको कोषाध्यक्ष समेत रहेका थिए। 

 उम्मेदवारी घोषणा गर्दै खरेलले  आफू विजय भएको खण्डमा विगतमा जस्तै पारदर्शीताको मुद्दालाई  खरोरुपमा उठाउने प्रतिबद्धता जनाए। उनले अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको आकर्षक गन्तव्यको रूपमा रहेका कारण समस्यामा पर्नेहरूलाई सहयोग गर्न एनआरएनको तर्फबाट विशेष योजना ल्याउने आश्वासन दिएका छन्।  उनले अष्ट्रेलिया सरकारसँग समन्वय गरी नेपाल र नेपाली समुदायले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउने एजेन्डा रहेको बताए। 

कार्यक्रममा बोल्दै खरेलले भने‘एनआरएनए सबैको साझा सङ्गठन हो, यसलाई सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ’,। उनले ‘हाम्रो एनआरएन राम्रो एनआरएन’ बनाउन सहयोग गर्न अष्ट्रेलियावासी नेपालीहरूलाई अपिल पनि गरेका छन्।

तपाइँको प्रतिक्रिया