सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३३ |सिड्नीको समय: ०७:३३ |काठमाडौंको समय: ०३:१८

गृहमन्त्रीको गर्जन : ठग, भ्रष्टाचारी र सङ्गठित अपराधीबाहेक कोही तर्सनु पर्दैन !

एएनजेड खबरजुलाइ १०, २०२३

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले किर्ते, ठग, भ्रष्टाचारी र सङ्गठित अपराधीबाहेक अरू कोही तर्सनु नपर्ने बताएका छन्।

सामाजिक सञ्जाल मार्फत उनले धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि सबैलाई आग्रह गरेका छन्।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारलाई निर्मूल पार्ने लक्ष सरकारले लिएको बताएका छन्।  ललिता निवास प्रकरणको अनुसन्धान तीव्र बनिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘देश र जनताको हित विरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, सङ्गठित अपराध र राज्य द्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने  छुट हुनेछैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौँ।’

देश र जनताको हित विरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते ,ठगी ,भ्रष्टाचार , सङ्गठित अपराध र राज्य द्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन । दोषी र अपराधी लाई भने छुट हुनेछैन ।

अनि धनी र गरिब,सम्पन्न र विपन्नलाई छुट्टा छुट्टै कानुन हुन सक्दैन ।त्यस्तो अपेक्षा नगरौँ ।

तपाइँको प्रतिक्रिया