सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२० |सिड्नीको समय: ०७:२० |काठमाडौंको समय: ०३:०५

अन्तत: प्रधानमन्त्रीको जवाफ सुन्न तयार भयो एमाले !

एएनजेड खबरजुलाइ ९, २०२३

प्रमुख तीन दलबीच संसद्को अवरोध खुलाउने विषयमा सहमति जुटेको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा भएको छलफलमा उक्त सहमति भएको हो। छलफलमा प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए। 

प्रधानमन्त्री प्रचण्डले असार १८ गते दिएको एक अभिव्यक्तिलाई लिएर एमाले लगायत प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गर्दै आएका थिए ।  

यसैबिच  सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका छन्।  १ बजेको लागी तोकिएको संसद् बैठक शीर्ष नेताहरूको छलफलका कारण ३ बजेका लागी सारिएको थियो। 

तपाइँको प्रतिक्रिया