सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२४ |सिड्नीको समय: ०७:२४ |काठमाडौंको समय: ०३:०९

संवादमा जुटे प्रमुख तीन दलका शीर्ष नेताहरू 

एएनजेड खबरजुलाइ ९, २०२३

सङ्घीय संसद्का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेको बेला प्रमुख तीन दलका शीर्ष नेताहरू संवादमा जुटेका छन्। 

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएको हो। 

प्रधानमन्त्री प्रचण्डले गत सोमबार दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले संसद् अवरोध गरिरहेका छन्।

आज बसेको राष्ट्रियसभाको बैठक पनि एमालेले अवरोधका कारण सोमबार दिउँसोसम्मलाई स्थगित भएको छ। 

एमालेले प्रधानमन्त्रीको राजीनामालाई मुख्य एजेन्डा बनाएको छ।

तपाइँको प्रतिक्रिया