सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२९ |सिड्नीको समय: ०७:२९ |काठमाडौंको समय: ०३:१४

प्रचण्डका कान्छा ज्वाइँ कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री !

एएनजेड खबरजुलाइ ९, २०२३

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्  । 

आज माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री प्रचण्डका कान्छा छोरी ज्वाइँ जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । 

 नेपाली काँग्रेसबाट पनि अर्का एक जना मन्त्री नियुक्त गरिने बताइएको छ। 

माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, काँग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरुको मन्त्रालय भने टुंगिएको छैन ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रवार शपथ खाएका थिए । थापाले काँग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त गरिसकेका छन् । सोही दिन आन्तरिक विवादका कारण  माओवादी केन्द्रले मन्त्रीको नाम दिन नसकेपछि आज  आचार्यलाई मन्त्री नियुक्त गर्न लागिएको हो।  

आचार्य यसअघिको एमालेको नेतृत्वको भएको सरकारमा पर्यटन मन्त्री थिए । 

तपाइँको प्रतिक्रिया