सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:१८ |सिड्नीको समय: ०७:१८ |काठमाडौंको समय: ०३:०३

‘ललिता-निवास प्रकरण’ सरकारले आफूलाई हिरो देखाउन गरेको स्टन्ट मात्र हो : केपी ओली 

एएनजेड खबरजुलाइ ७, २०२३

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा भइरहेको अनुसन्धान सरकारले आफूलाई हिरो देखाउन गरेको स्टन्ट मात्र भएको बताएका छन् ।

उनले पार्टी उपाध्यक्ष विष्णु पौडेलको छोरालाई प्रमुख दोषी देखाउन खोजिएको भन्दै सरकारको विरोध समेत गरेका हुन्। 

आज स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट गरेको आरोप लगाए। 

‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो । आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो’, उनले भने, ‘अरू केही गर्दैन यो सरकारले ।उनले भने ‘गर्दा यो गठबन्धनकै मान्छेहरू पर्ने हुन्, त्यसैले गर्दैन’। 

 पार्टी उपाध्यक्ष पौडेलतर्फ सङ्केत गर्दै ओलीले जग्गा खरिद गरे वापद दोषी देखाउन खोजेकोमा चर्को विरोध जनाए। 

 ‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे । कसैको छोराले जमिन किन्यो, धनिपूर्जा हेर्‍यो, अड्डामा गएर पास गर्‍यो । उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’ उनले भने एमाले  स्वच्छता, पारदर्शिता, कानुनीराज, लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएको दाबी समेत गरे। 

तपाइँको प्रतिक्रिया