सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२६ |सिड्नीको समय: ०९:२६ |काठमाडौंको समय: ०५:११

मलाइ सोध्नु पर्दैन, जो दोषी छ उसलाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई भनिएको छ: गृहमन्त्री श्रेष्ठ 

एएनजेड खबरजुलाइ ७, २०२३

 उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा कसलाई पक्राउ गर्ने नगर्नेबारे प्रहरीले आफूलाई सोधिरहन नपर्ने बताएका छन्।

गृहमन्त्री समेत रहेका श्रेष्ठले भ्रष्टाचारलगायतका आपराधिक घटनामा सरकार निर्भीकतापूर्वक अघि बढ्ने बताएका हुन्।  उनले अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किउन् र निर्दोष नफसुन् भनेर आफूले निर्देशन दिइएको जानकारी दिए ।

आज आफ्नै निवासमा भएको पत्रकार भेटघाट  कार्यक्रममा मन्त्री श्रेष्ठले अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने भनेर प्रहरीलाई भनेको समेत बताए ।

‘कानुनको दायरामा ल्याउने काममा निर्भीकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अ-हेड भनिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

 ‘कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने, अनुसन्धान गर्ने कि नगर्ने भनेर निर्देशन नपठाउन भनिएको छ । जो अपराध छ, दुष्कर्म छ, ठगी छ, ती सब गतिविधिहरूका विरुद्ध अगाडि बढ्नुस्, स्वच्छ अनुसन्धान गर्नुस्, गम्भीर अनुसन्धान गर्नुस्, उनले भने,’ जो दोषी छ, तथ्य र प्रमाणले पुष्टि गर्छ तिनलाई कानुनको दायरामा ल्याउनुस् । यसमा सोध्नुपर्दैन ।’

तपाइँको प्रतिक्रिया