सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३२ |सिड्नीको समय: ०९:३२ |काठमाडौंको समय: ०५:१७

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

एएनजेड खबरजुलाइ ७, २०२३

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले शपथ लिएका छन्। उनलाई आज  प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

थापा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन्। उनलाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका कारण अहिले विवादित बढेको छ। 

थापा मुख्यमन्त्री नियुक्त भएसँगै उनले दुई सदस्य मन्त्रीमण्डल गठन गरेका छन्।  नेपाली काँग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन्। तर उनीहरूको मन्त्रालय तोकिएको छैन। 

मुख्यमन्त्रीमा समर्थन गरेको प्रमुख दल माओवादीले भने मन्त्रीको नाम पठाउन सकेन। यसअघि पर्यटन मन्त्री भएका जीवन आचार्यलाई फेरि दोहोर्‍याउने या नयाँ मन्त्री पठाउने भन्नेमा माओवादीभित्रै विवाद भएपछि आज मन्त्रीहरूको नाम पठाउन नसकिएको श्रोतले बताएको छ। आचार्य प्रधानमन्त्री प्रचण्डका छोरी ज्वाइँ हुन्। 

तपाइँको प्रतिक्रिया