सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२३ |सिड्नीको समय: ०९:२३ |काठमाडौंको समय: ०५:०८

एसइईको नतिजा सार्वजनिक

एएनजेड खबरजुलाइ ६, २०२३

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।

आज सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन्। ४ ग्रेड ल्याउनेहरू ४ दशमलव ६३ छन्।

गत वर्षभन्दा दोब्बर धेरैले ४ ग्रेड ल्याएका हुन्। गत वर्ष ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए।

२०७९ गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीकासहित ४ लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। 

जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए। प्राविधिकतर्फ १५ हजार चार सय ६१ परीक्षार्थी थिए।

तपाइँको प्रतिक्रिया