सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३३ |सिड्नीको समय: ०९:३३ |काठमाडौंको समय: ०५:१८

प्रधानमन्त्रीको सचिवालय भन्छ – प्रधानमन्त्रीको राजीनामा माग्नु ‘भ्रष्टाचारविरुद्धको अभियान’ रोक्न खोज्नु हो 

एएनजेड खबरजुलाइ ६, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एउटा भनाइलाई तोड मोड गरिएको  भन्दै सचिवालयले विज्ञप्ति निकालेको छ। 

आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहसँगको सम्बन्धबारे दिएको भावनात्मक अभिव्यक्तिलाई बङ्ग्याएर राजनीतिकरण गरिएको बताएका हुन्। 

सिंहसँग प्रचण्डको पुरानो पारिवारिक सम्बन्ध रहेको र त्यही क्रममा दिल्लीस्थित सिंहको  घरमा जाँदा प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको, प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट सङ्क्रमित भएपछि ०६७/०६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उनको भारतमा आउजाउ हुने गरेको आचार्य द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सङ्कुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिङ्गो संसद्को नै अपमान हुन जाने विज्ञप्तिमा उल्लेख छ।

तपाइँको प्रतिक्रिया