शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५१ |सिड्नीको समय: ०७:५१ |काठमाडौंको समय: ०३:३६

एनएसडब्लु राज्य संयोजकमा लोकतान्त्रिक समुहवाट सन्ध्या शाहको नेतृत्वमा आधिकारिक उम्मेदवार समुह घोषणा

एएनजेड खबरजुलाइ ७, २०२३


एनआरएनए अष्ट्रेलियाको चुनाव नजिकिँदै जाँदा अष्ट्रेलियाको व्यापारिक राज्य न्यूसाउथवेल्स (एनएसडब्लु)का विभिन्न समूह र स्वतन्त्र उम्मेदवारहरूले आसन्न निर्वाचनका लागि उम्मेदवार घोषणा र प्रचारप्रसारलाई तीव्रता दिन थालेका छन् ।

अष्ट्रेलियामा रहेका नेपाली समुदायले चासोका साथ हेरिरहेको यस निर्वाचनमा उम्मेदवारहरूको घोषणा सहितका गतिविधि बढ्दै गएको छ । यही क्रममा अष्ट्रेलियामा बसोबास गर्ने लोकतन्त्रवादीहरुले एनएसडब्लु राज्यको एनआरएनए राज्य परिषद्को लागि संयोजक सहितको आधिकारिक उम्मेदवारी घोषणा गरेका छन् ।

 एनएसडब्लु राज्य संयोजकमा सन्ध्या शाहले आफ्नो उम्मेदवारी दिएकी छन् .संयोजकमा उम्मेदवारी घोषणा गरेकी उनले एनएसडब्लु राज्य समितिको महिला संयोजक, राष्ट्रिय संयोजक र हाल एनआरएनए अष्ट्रेलियाको सचिव रहेकी छन्। 

घोषणा गरिएका अन्य पदहरूमा उपसंयोजकमा अनुप थापाले उम्मेदवारी दिएका छन्। त्यस्तै सचिवमा विकाश झा र कोषाध्यक्षमा सन्दीप अधिकारी रहेका छन्। 

सदस्यहरुमा पुष्कर राज भट्ट, दीपकराज गिरी, प्रमोद न्यौपाने , निदेश बास्कोटा र चिराग ढुङ्गाना छन्।  त्यस्तै जनक प्रधान, नीरज हुमागाईँ , महेश सेढाई, प्रदीप लामा प्रज्वल गौतम, निखिल शाही, अर्जुन चौलागाईं लोकनाथ सापकोटाले एनएसडब्लु राज्यको सदस्यको लागी उम्मेदवारी घोषणा गरेका हुन्। 

त्यस्तै टिकाराम तामाङ , आशिस खड्का, श्याम थापा,वीर बहादुर राई,मनोज गोइत र प्रेम महरा रहेका छन्।
आफु लोकतान्त्रिक समुहको आधिकारिक उम्मेदवारका रूपमा निर्वाचनमा सहभागि हुने बताउदै राज्य संयोजकको उम्मेदवार शाहले एएनजेड खवरसंग भनिन्,”नारी निकुन्जको सदस्य हुँदै एनएसडब्लु राज्य समितीको महिला संयोजक, राष्ट्रिय संयोजक भएर काम गरिसकेको र हाल एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय सचिव रहेको यहाहरुलाई अवगत नै छ। लामो समय सस्थामा अनुबन्धित रही थुप्रै कामहरुको अनुभव सँगै सस्थालाई उचाइमा पुर्याउन एक इट्टा थप्न मदत्त गरेको छु र निरन्तरताको क्रममा म अहिले एन आर एन अष्ट्रेलियाको उपाध्यक्ष ( एन.एस. डब्ल्यू राज्य संयोजक) उम्मेदवार पदमा उभिएको छु ।
एनआरएन अभियानमा सदैव एक स्वयंसेवी र शुभेच्छुकको रुपमा अनवरत रुपमा रही रहनेछु यस संस्था र अभियानमा संलग्न सवैमा उच्च सम्मान प्रकट गर्न चाहन्छु ! सदा झैँ यहाँहरुको सकारात्मक सल्लाह, सुझाव र प्रतिक्रिया प्रति अनुग्रहित रहनेछु !”

तपाइँको प्रतिक्रिया