सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

एन्जा अध्यक्ष देवकोटा र सन्चारमन्त्री विच भेटघाट,सहकार्य गर्न मन्त्रालय तयार छ  : मन्त्री शर्मा 

एएनजेड खबरजुलाइ ६, २०२३

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसियसन (एन्जा) का अध्यक्ष चिरञ्जीवी देवकोटा सहितको टोलीले भेट गरेको छ । काठमाडौंको सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो।

भेटमा अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरू र त्यहाँबाट सञ्चालित सञ्चारमाध्यमका विषयमा अध्यक्ष देवकोटाले जानकारी गराएका थिए। उनले पत्रकारहरूको अष्ट्रेलियन अनुभव नेपाली पत्रकारिता क्षेत्रसँग साटासाट गर्ने वातावरण निर्माण गर्ने आफुहरुको सधैँ प्रयास रहने बताएका थिए । 

अध्यक्ष देवकोटाले अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन र नेपाल पत्रकार महासंघबीचको हुन लागेको सहकार्यका विषयमा पनि मन्त्री शर्मालाई अवगत गराएका थिए ।  

मन्त्री शर्माले पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था एन्जासँग मिलेर काम गर्न सञ्चार मन्त्रालय ईच्छुक रहेको बताएकी थिइन्। उनले यस सम्बन्धी योजनामा सहकार्य गर्ने वातावरण बनाउन भेटमा सहभागी सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार नरेन्द्र केसीलाई निर्देशन समेत दिएकी थिइन् । 

मन्त्री शर्माले अष्ट्रेलियामा नेपाली भाषाको पत्रकारिताको प्रगतिको कामना गर्दै सहकार्य र सहयोगका लागि मन्त्रालय सधैँ तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् । भेटमा नेप्लीज अष्ट्रेलियन जर्नलिष्ट एशोसिएसनका संस्थापक सल्लाहकार मनऋषि धिताल पनि सहभागी थिए । धितालले एन्जाको नेतृत्व र सञ्चार तथा प्रविधि मन्त्रालयको पहिलो औपचारिक छलफलबाट सहकार्यको नयाँ आयाम सुरु हुने विश्वास व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया