सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

पुस्तक विमोचनको कुरालाई लिएर प्रतिपक्षीमा विक्षिप्तता देखियो,केही हुनेवाला छैन :प्रधानमन्त्री प्रचण्ड  

एएनजेड खबरजुलाइ ५, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले होहल्ला मच्चाएको बताएका छन्।

आज काठमाडौँमा भएको   अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोमबार पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बताएको कारण सो भनाइलाई तोडमोड गरी बबन्डर मच्चाउन खोजिएको बताए।

उनले आफूले पुस्तक विमोचन कार्यक्रममा उनी सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए।

उनले भने, ‘अब आज म सुन्दैछु, एउटा किताब विमोचन गर्दागर्दै मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन। उसले बोलेको। मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ। उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एक पटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्ने वाला नै छ। त्यसले केही दिनेवाला छैन। हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा देखिन्छ।’

प्रधानमन्त्री प्रचण्डले सरकार विरोधी बेलुनरूपी बबन्डर चाँडै फुट्ने  भन्दै विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा प्रमाणित भएको आरोप लगाए।  

तपाइँको प्रतिक्रिया