सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२२ |सिड्नीको समय: ०९:२२ |काठमाडौंको समय: ०५:०७

एसइईको नतिजा प्रकाशन अन्तिम तयारीमा, यसरी हेर्नुहोस नतिजा !

एएनजेड खबरजुलाइ ५, २०२३

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी गरेको छ। 

परीक्षा नियन्त्रण कार्यालयले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको बताएको हो। 

बोर्डले यस पटक पनि एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने जनाएको छ।  नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।

एसइईको नतिजा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले बताएको हो। 

तपाइँको प्रतिक्रिया